Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।

सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतको टोलीसँग उपप्रधानमन्त्री श्रेष्ठको शिष्टाचार भेट भएको हो ।

भेटवार्ताको क्रममा अर्मिदाले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी गराएकी छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकसिल राष्ट्रको सूचीमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यको लागि धन्यवाद दिएका छन् ।

उनीहरूबीच आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077