Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार शुक्लाफाँटा नगरपालिका –५ स्थित गर्जमनीमा डिसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका–४ का २४ वर्षीय सन्तोष कपाडीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर घाइते भएर बेहोस भएका उनलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको थियो ।

तर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077