Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंगलबार पनि सुनको मुल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको मूल्य निर्धारण भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार १५ रूपैयाँ घटेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077