Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीहरू आन्दोलनमा

काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विभिन्न इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरूले बानेश्वरमा दबाबमूलक प्रर्दशन गरेका हुन्।

'एनओसी विधेयक खारेज गर', 'शिक्षा हाम्रो भविष्य हो', 'हामीलाई एनओसी चाहियो' लगायत लेखिएको प्लेकार्ड बोकेर विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका जारी गरेसँगै आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि उक्त निर्देशिकाले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077