Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार दिने घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यस्तो घोषणा गरेका हुन् ।

पारिश्रमिक कम भएकै कारण खेलाडीहरू विदेशिने क्रम बढेको भन्दै संघीय र प्रदेशका गरी ८ सय ८४ सांसदसँग खेलाडीलाई मासिक तीन हजार रूपैयाँ दिन आग्रह पनि गरे ।

त्यस्तै, प्रदेश संरचना खर्चिलो भएको भन्दै प्रदेश खारेज गर्न र प्रतिनिधि सभामा २०५ जना मात्र सांसद रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077