Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर ब्यूरोले भन्यो - ब्ल्याकमेलिङ गरेर रकम ठग्ने प्रवृत्ति बढ्यो, सजग रहनू

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै सर्वसाधारणलाई ठग्ने गिरोहबाट जोगिन आग्रह गरेको छ ।

साइबर ब्यूरोले पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलाप सँगै अपराधजन्य घटनाहरू बढ्दै गइरहेको भन्दै सबैलाई सेचत हुन आग्रह गरेको हो ।

ब्यूरोले सोमबार विज्ञप्ति जारी गर्दै अपरिचित व्यक्तिले भिडियो र भ्वाइस कल गरेमा सचेत रहन अनुरोध गरको छ।

केही व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फ्रेण्ड रिक्वेट पठाएर भिडियो कल गरी अश्लील क्रियाकलाप देखाउँदै अश्लील क्रियाकलाप गर्ने प्रोत्साहन गरी झुक्याएर भिडियो रेकर्ड गर्ने र फसाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।

ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित व्यक्ति आफैंले अश्लिल क्रियाकलाप देखाइ सम्बन्धित व्यक्तिलाई झुक्यानमा पारी उक्साई अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई भिडियो कलको रेकर्ड गरी तत्पश्चात साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै नै बढ्दै गइरहेका छन् ।’

त्यस्ता अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा आत्मीय साथी बन्ने र लोभ लालच देखाउँदै बैंक खाता खोल्न लगाउने र अपराधिक गतिबिधिमा प्रयोग गरेको पाइएकोले सचेत हुन साइबर ब्यूरो आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077