Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच हिजो सोमवार भएको झडपबारे अध्ययन गर्न काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एकरएक जना प्रतिनिधि छन् । समितिलाई झडपको सत्यरतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

सरकारले यसअघि तराईबाट पैदलै काठमाण्डौ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपूरो भएको भन्दै पुनः अर्को समूह आएर आन्दोलन थालेको थियो ।

उनीहरूले सरकारसँग छ बुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमवार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएका थिए । उनले घाइते भएका प्रहरी र पीडितलाई आफूले भेट गरी स्वास्थ्यलाभको समेत कामना गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077