Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवार [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न आयोगले आग्रह गरेको हो ।

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उमेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

तोकिएको समयावधि भित्र र तोकिएको समय सकिएपछि पनि निर्वाचन खर्चको विवरण नबुझाउने उमेदवारको नामसमेत आयोगले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077