Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जग्गा कित्ताकाट खोल्ने निर्णय फिर्ता लिईयोस् : एमाले सांसद सुुब्बा

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन् ।

एमाले सांसद सुब्बाले पुरानो अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेशविपरीत भएको बताइन् । सरकारले मंगलबार मात्रै जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको बताउँदै सांसद सुब्बाले तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको बताईन् ।

उनले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको उल्लेख गरिन् । सांसद सुब्बाले सरकारको निर्णयले जमिनको खण्डिकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077