काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् ।
संसदीय दलका नेता राजेन्द्र लिङ्देनले राप्रपा विधान बमोजिम उनलाई सचेतकमा पदमा नियुक्त गरेका हुन् ।
लामा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।
राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।