Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भीमफेदी कारागारमा कैदीबन्दीको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा कैदीबन्दीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज विहान ३५ वर्षका समिर परियारको मृत्यु भएको हो ।

मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएका रहाल कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियार आज बिहान १०ः४० बजे एक्कासी आफैं बहोस भई ढलेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएको थियो ।

परियारको मध्यान्न १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077