Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवको चेतावनी - परिवर्तनमा योगदान अपराधी घोषित गर्न खोजिए कांग्रेस, एमाले बच्दैनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधीकरण गर्न खोजिए दूर्दशा निम्तने चेतावनी दिएका छन् ।

जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए नेपाली कांग्रेस, नेकपा एमाले लगायतका कोही नेता नबच्ने उनले बताए ।एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको उनको भनाई छ ।

यस्तै उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु सरकार नहुनुसरह रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077