Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीमा गोली चल्यो, युवा घाइते

रुपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

घाइते हुनेमा सियारी गाउँपालिका-३ का २० वर्षीय वीरेन्द्र केवट रहेका छन् । उनीमाथि बुधबार साँझ अज्ञात समूहले गोली हानेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेका थिए । त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको रुपन्देही प्रहरीले जनाएको छ ।

केवटको खुट्टामा गोली लागेको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनामा संलग्नलाई प्रहरीले खोजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077