Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खसी चोरेको आरोपमा रामेछापबाट हिमाल पक्राउ

रामेछाप । रामेछाप प्रहरीले खसी चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् ।

तामाङलाई खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ ।

चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तामाङविरुद्ध चोरी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077