Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कर्मचारी सञ्चय कोषलाई वायु सेवा निगमको पत्र – ब्याज, हर्जाना र पेनल छुट गरिदिनू

    कर्मचारी सञ्चय कोषलाई वायु सेवा निगमको पत्र – ब्याज, हर्जाना र पेनल छुट गरिदिनू

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 729
    SHARES

    काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ब्याज र पेनल छुट गरिदिन आग्रह गरेको छ ।

    नेपाल वायु सेना निगमका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै अनुरोधबारे कोषसँग छलफल भइरहेको बताएका हुन् ।



    निगमले कोरोना महामारीको कारणले पनि व्यापारमा प्रतिकूल असर परेको भन्दै ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको छ।



    गत असार महिनायता ऋणबाफत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भनेको छ ।

    ऋणको किस्ताबाफत गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

    यसअघि असार महिनामा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निगमले वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकीरसमेत गरेको छ । त्यसैकारण अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार