Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राहुल गान्धीको पुनरावेदन सुरत अदालतद्धारा खारेज

एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई सुनाएको दुई वर्ष जेल सजायविरूद्ध दिएको पुनरावेदन सुरत अदालतले खारेज गरेको छ ।

गुजरातको सुरत अदालतले बिहीबार गान्धीले दिएको पुनरावेदन खारेज गर्ने निर्णय सुनाएको हो।

एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहितामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

रत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो।

उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ। अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले उनको सांसद पद निलम्बन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077