Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हालसम्मकै शक्तिशाली अन्तरिक्ष यान पहिलो उडानमै विस्फोट

एजेन्सी । एलन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट आफ्नो पहिलो उडानमै विस्फोट भएको छ ।

अमेरिकाको टेक्सस राज्यको पूर्वीतटबाट स्थानीय समय अनुसार बिहीबार बिहान उडेको स्टार शिप नाकमो रकेट परीक्षण उडानको ४ मिनेटमै विस्फोट भएको हो ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मस्ककोलाई रकेट विस्फोट भएपछि धक्का लागेको छ । रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने नभएन जनाइएको छ ।

उडानको २ देखि ३ मिनेटपछि रेकट नियन्त्रण बाहिर गएर अन्तरिक्षमै विस्फोट भएको हो । यो रकेट अहिलेसम्म बनेको सबै भन्दा ठूलो रकेट थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077