Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मौन अवधिमा हुने गतिविधि रोक्न आयोगको विशेष टोली परिचालन

काठमाडौं । निर्वाचन आयोगले यहि बैशाख १० गते हुने उपनिर्वाचनका लागि अनुगमन बिशेष टोली परिचालन गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै मौन अवधिमा हुन सक्ने आचारसंहिता विपरितका तिविधिलाई रोक्न बिशेष टोली परिचालन गरिएको जानकारी दिएको हो ।

आइतबार हुने निर्वाचनको लागि आजबाटै मौन अवधि सुरु भइसकेको छ।

आयोगले मौन अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेको छ ।

आयोगले पाँच बुदेँ निर्देशन गरी मौन समयमा प्रचार प्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ ।

साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077