Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मिस्करको ठक्करबाट चितवनमा शिक्षकको मृत्यु

चितवन । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पौडेलको उपचारको क्रममा शुक्रबार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

मृतक पौडेल शरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।

हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको हो ।

ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077