Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचन आयोगको निर्देशन - उपनिर्वाचनमा पानी पर्नसक्छ, त्रिपालको व्यवस्था गर्नू

काठमाडौं । निर्वाचन आयोगले हावाहुरी र पानीले उपनिर्वाचन प्रभावित पार्नसक्ने सम्भावना रहेको भन्दै त्रिपाल वा प्लाटिकको व्यवस्था गर्न निर्देशन दिएको छ ।

आयोगका उपन्यायाधिवक्ता एंव सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गर्दै जिल्ला विपद् समिति, स्थानीय तहलगायतलाई निर्देशन दिइएको जानकारी दिएका हुन् ।

''मिति २०८०/०१/१० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र वर्षादको कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी उक्त दिन मतदान कार्य सुचारू रूपले सम्पन्न गर्न तथा निर्वाचन सामग्रीहरू समेतको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारी लगायत आवश्यक पालरत्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तहहरू तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रहरूलाई आयोगको निर्णयानुसार निर्देशन दिइएको छ,'' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै सोको आवश्यक समन्वय एवं सहजीकरण नेपाल सरकार, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनसमेत अनुरोध गरिएको छ । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ क्षेत्र–१ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077