Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा उच्चस्तरको प्रदूषणका कारण कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौं । काठमाडौं उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी गराएका हुन् ।

अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए ।

एईपीए फिल्टरबाट बनेको कृत्रिम फोक्सो काठमाण्डौ उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले १५ दिनमै कालो भएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत २४ गते मन्त्रालयको प्रवेशद्वारमा फोक्सो जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077