Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणमा परेकी महिलाको शव भेटिएको छ । बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि बाघले आक्रमण गरेकै ठाउँमा शव भेटिएको हो ।

शुक्रबार बिहान घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको थियो ।

बाघले महिलालाई लगेदेखि राति अबेरसम्मै खोजी गरिए पनि महिला भेटिएकी थिइनन् । बाघ सोही क्षेत्रमा भएका कारण खोजी गर्नसमेत समस्या भएको थियो ।

बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय कुण्डाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077