Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

    बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 2.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणमा परेकी महिलाको शव भेटिएको छ । बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि बाघले आक्रमण गरेकै ठाउँमा शव भेटिएको हो ।

    शुक्रबार बिहान घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको थियो ।



    बाघले महिलालाई लगेदेखि राति अबेरसम्मै खोजी गरिए पनि महिला भेटिएकी थिइनन् । बाघ सोही क्षेत्रमा भएका कारण खोजी गर्नसमेत समस्या भएको थियो ।

    बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय कुण्डाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार