Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की

    भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । अप्रिल २४ मा प्रधानमन्त्री मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको हो ।

    भारतीय जनता पार्टी भाजपा प्रदेश कार्यालयले मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाइएको छ ।



    प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।



    मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    भ्रमणको क्रममा मोदीले जनसभालाई सम्बोधन गर्नेछन् । धम्की पत्र प्राप्त भएतापनि हालसम्म प्रधानमन्त्री मोदीको कार्यतालिकामा भने केही परिवर्तन गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार