Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको छ : बाबुराम भट्टराई

    देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 492
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले भने, ‘झट्ट हेर्दा त नदेखिन सक्छ, तर वैचारिक ढंगले अग्रगामी सोचविरुद्ध यहाँ पनि विस्तारै यहाँ पनि छिर्दैछ । जनतामा असन्तुष्टि देखाउन सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । ’



    भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु राम्रो संकेत नरहेको बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै अध्यक्ष भट्टराईले विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए।

    लामिछानेले रातारात जादु गर्छुजस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार