Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वर्तमान राज्य व्यवस्था असफल भइसक्यो, नयाँ आधारमा बहस खोजौं : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनले जिकिर गरे । उनले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि बैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुटन पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे ।

उनले भने, ‘आजको संसदीय व्यवस्था असफल भयो । सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईराखेको छ । त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077