Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराको जब्दी मतदान केन्द्रबाट जसपा नेता यादव पक्राउ

बारा । बाराको देवताल गाउँपालिका वडा नं-७ जब्दी मतदान केन्द्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मतदान गर्ने क्रममा जसपाका नेता रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्।

विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077