Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल भन्छन्- मन र विचार मिल्ने कम्युनिष्ट पार्टीसँग एकता हुन सक्छ

काठमाडौं । नेकपा एकिकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टीहरुको मन मिल्यो भने छिट्टै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता हुने बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने सबै कम्युनिस्ट पार्टीहरुलाई एक हुन समेत आह्वान गरे ।

उनले कम्युनिस्ट पार्टीले सामन्तवादलाई परास्त गरेको उनले दाबी गर्दै कम्युनिस्ट सखाप पार्न लागेका शक्तिलाई डटेर सामना गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077