Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलमा उडान-अवतरण अवरुद्ध

    त्रिभुवन विमानस्थलमा उडान-अवतरण अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 627
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ ।

    विमानस्थल स्रोतका अनुसार सञ्चार उपकरणमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।



    जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।



    कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको थियो।

    दिउँसो २ः३० देखि ३ः२० सम्म आएको समस्या सुल्झिएसँगै अहिले आन्तरिकतर्फको उडान तथा अवतरण समेत नियमित भइसकेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार