Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा परि कीर्तिपुरका वडाध्यक्षको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर-४ का वडाअध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

दुर्घटनामा परी घाइते अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।

उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार भए पनि आइतबार अचानक प्रेसर बढेपछि उनको निधन भएको बताइएको छ ।

वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएर फर्कने क्रममा ओरालोमा ब्रेकफेल हुँदा उनी दुर्घटनामा परेका थिए।

४७ वर्षीय अधिकारी गत वर्षको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेवारका रुपमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077