Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले दैनिकरूपमा सङ्क्रमण बढिरहेकाले खोप पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेको हो ।

शून्यमा झरेको कोरोना सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । आइतबार मात्रै ८१ जना नयाँ सङ्क्रमित छन् भने सक्रिय सङ्क्रमित संख्या ३७० पुगेको छ ।

अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै छ ।

मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077