Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - ठूला दलप्रति जनताले चासो देखाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले ठूला दलप्रति नागरिकको भरोसा नदेखिएको भन्दै पार्टीलाई सुधार्नुको विकल्प नभएको बताएका हुन् ।

बैठकमा पार्टी सभापति देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताए ।

सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए ।

उनले ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077