Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा–२ मा ३१,९९९ मत गन्दा उपेन्द्र १४ हजार नजिक

बारा । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४ हजार नजिक मत पुर्‍याएका छन्।

३१,९९९ गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार यादवले १३८०४ मतसहित अग्रता लिएका हुन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९२३१ मत ल्याएर दोस्रो स्थानमा छन्।

त्यस्तै, एमालेका पुरुषोत्तम पौडेल ४५७७ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०३१ मतसहित चौथो स्थानमा छन्।

अहिले मतगणना जारी छ । आइतबार भएको निर्वाचनमा बारा–२ मा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077