Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाका ढाका कुमार श्रेष्ठ सांसद नरहेको संसदलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् ।

मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।

कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख भए अनुसार संसद सचिवालयले श्रेष्ठको सांसद पद खारेज गरिदिएको हो ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

श्रेष्ठ समानुपातिक कोटाबाट सांसद् बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077