Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारा २ मा ३० हजार मत गन्न बाँकी हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता

    बारा २ मा ३० हजार मत गन्न बाँकी हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 645
    SHARES

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

    खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ । जसमा जसपाका अध्यक्ष यादवले १६ हजार ९१३ मत पाएका छन् ।



    दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत ल्याएका छन् । यादव चार हजार ४ हजार ९२४ मतान्तरले अगाडि छन् ।



    तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्।

    उनले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार