Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘काँडेतार’ प्रर्दशनमा सरकारले लगायो रोक

काठमाडौं । नेपाली चलचित्र 'काँडेतार' लाई सरकारले प्रर्दशनमा रोक लगाएको छ ।

चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।

चलचित्र निर्माण टिम उक्त सम्वाद र दृष्य काट्न तयार नभएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।

निर्माता तथा निर्देशक नवल खड्काले भने कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताएका छन् ।

कुनै पनि दृश्य वा सम्वादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु पुर्‍याउन रोक लगाए न्यायका लागि अदालतसमेत जान सक्ने उनको भनाई छ ।

चलचित्रमा खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077