Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झन कमजोर बन्यो एमाले, चितवन, तनहुँ र बारामा तेस्रो

काठमाडौं । २०७९ को निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले हालै सम्पन्न उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा पुग्यो ।

तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय भोग्यो । चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ७ सय ५२ मत ल्याएका थिए । तर, अहिले रामप्रसाद न्यौपानेले त्यति पनि ल्याउन सकेनन् ।

उनले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

त्यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे। उनले त १० हजार मत पनि कटाउन सकेनन् ।

उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए । २०७९ को निर्वाचनमा त्यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए ।

उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077