Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका–२, भुत्लुङमा स्कुलबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

नवोदय माध्यमिक विद्यालयको स्कुलबसले ठक्कर दिँदा चिन्दल सुवेदीको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएकी उनको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मे १ क ४०७ नम्बर बस र चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077