Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनमोहन अधिकारीको शालिकमा ओलीले गरे माल्यार्पण

काठमाडौं । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।

अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा पुगेर उनले माल्यार्पण गरेका हुन् ।

नेकपा एमालेले मनाएको स्मृति दिवसमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।

२०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंमा हृदयघात भएपछि उपचारका क्रममा अधिकारीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077