Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुकुन्दको निर्देशनमा ‘चोर पुलिस : टम एण्ड जेरी’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’को घोषणा गरेका छन् ।

फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेलको अभिनय रहनेछ । फिल्मका लागि मुख्य अभिनेत्री भने छनोट हुन बाँकी रहेको बताईएको छ ।

फिल्ममा दीपक आरजे र राजु भट्टको संगीत, समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माता छन् ।

चलचित्रको छायांकन अमेरिका, क्यानडा, अस्ट्रेलिया र नेपालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077