Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

    प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस नहुने भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुटेपछि संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक पेस नहुने भएको हो ।



    साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाइ समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस हुने छैन ।



    सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

    प्रमुख दलहरुबीच चाँडै संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार