Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झापामा ओलीलाई देखाइयो कालोझन्डा, दुई प्रहरी घाइते

झापा । कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोधमा उत्रिएकाहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालोझन्डा देखाएका छन्।

बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई कालो झन्डा देखाइएको हो ।

'कोशी प्रदेश चाहिँदैन' जस्ता नारा लगाउँदै उनीहरूले ओलीलाई कालो झन्डा देखाएका थिए। कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झापामा झडप समेत भएको छ।

झडपको क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी र केही आन्दोलनकर्मी घाइते भएका छन्। अध्यक्ष ओलीलाई कालोझन्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए।

उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। सोही क्रममा सशस्त्र र नेपाल प्रहरीले पहिचानवादीहरूलाई मेची राजमार्गमै छेक्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077