Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिप्लोमा गर्न जानेलाई एनओसी नदिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा गर्न विदेश जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो ।

निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले गत फागुन १८ गते निर्देशिका पारित गरेको थियो । जुन चैत १९ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर, सरकारले निर्देशिका सार्वजनिक गरेको थिएन ।

मन्त्रालयले बुधबार यसअघिको व्यवस्थालाई संशोधन गर्दै सार्वजनिक गरेको हो । यसअघि डिप्लोमा र एडभान्स डिप्लोमा पढ्नका लागि एनओसी नदिने निर्देशिका प्रावधान थियो ।

तर, अहिले उक्त विषय संशोधन गरेर निर्देशिका सार्वजनिक गरिएको हो । कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा , ब्रिजकोर्षगर्न जानेलाई एनओसी नदिने निर्देशिका उल्लेख थियो । तर, सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077