Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्री दाबी गर्नुअघि गण्डकीमा कांग्रेस-माओवादीको संयुक्त बैठक

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस र माओवादी पार्टीको संयुक्त संसदीय दलको बैठक बस्दै छ ।

बिहिबार २ बजे बस्ने बैठकपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न जाने तयारी रहेको बताईएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय लगभग सकिन लागेको छ । आज ४ बजेसम्म दलहरूलाई मुख्यमन्त्री दाबी गर्ने समयसीमा छ ।

मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादी दुवैले दाबी गर्दै आएका छन् । तर सत्ताका लागि बनेको गठबन्धन दलबीच अझै सहमति जुटेको छैन ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार एउटा दलको बहुमत नपुग्ने भएपछि दुई या दुई भन्दाधेरै दलको सहभागीतामा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077