Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेलको नयाँ नम्बर अब ९७० रेञ्जबाट सुरू हुने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ।

एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने नम्बर उपलब्ध गराउने जनाएको हो।

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

यतिबेला एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। यीबाहेक अब भने ९७० रेन्जबाट पनि सिम वितरण हुने भएको हो।

एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077