Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि तीन मुद्दा लिएर सर्वोच्चमा अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका तीन मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

आयोगले दायर गरेका मुद्दामा विशेषले गरेको फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको हो ।

अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ती आर्जन,घुस/रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मु्द्दामा पुनरावेदन दिएको छ ।

कृष्णबहादुर बस्नेत,नविन कुमार गौली,सविता गौलो,सकुन्तला गौली र सुलभ गौली प्रतिवादी रहेको मुद्दामा सर्वोच्च अदालतले माघ १ गते सफाइ दिएको थियो। उनीहरूविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।

यस्तै अख्तियारले घुस रिसवत लिनेदिने कार्य गरी भ्रष्टाचार गरेको ठहर गर्दै कृष्णबहादुर बस्नेत र नविन कुमार गौलीविरूद्ध मुद्दा दायर भएको थियो। विशेषले सो मुद्दामा माघ १ गते सफाइ दिएको थियो।

नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै डा.बलराम थापा र रेवती रमण निरौला प्रतिवादी रहेको मुद्दामा सफाइ दिएको भन्दै अख्तियारले पुनरावेदन गरेको हो। सो मुद्दामा सुनु​​वाइ गर्दै विशेषले गत भदौ १५ गते सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077