Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • भन्सार छलेर ल्याइएको कपडासहित ४ मोटरसाइकल बरामद

    भन्सार छलेर ल्याइएको कपडासहित ४ मोटरसाइकल बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 789
    SHARES

    सुनसरी । सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीले को १२प ९०४, को६प ७७२१, प्रदेश१–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलसहित अवैध रूपमा भारतबाट ल्याएको सामान बरामद गरेको हो ।



    सुनसरीको हरिनगरा गाउँपालिकाको मरियाखोला क्षेत्रबाट भन्सार छलेर ल्याइएको चारवटा मोटरसाइकलसहित १० लाख ७८ हजार ३ सय २ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

    बरामद गरिएको अवैध सामान र मोटरसाइकल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार