Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीमाथि आक्रमणको प्रयास गर्नेलाई कारबाही गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

एमाले नेताहरुले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।

उक्त टोलीले घटनामा संलग्न जोसुकै भएपनि कानुनी दायरामा आउनुपर्ने र यस्ता प्रवृत्तिलाई राज्यले बढावा दिन नहुने बताएका छन् ।

साथै, उक्त टोलीले काठमाडौंको सरस्वती नगरमा गत हप्ता निरा पाण्डे आचार्यको हत्याको बारेमा पनि गृहमन्त्रीको ध्यानाकार्षण गराएको एमाले नेता राजन भट्टराईले बताए ।

हत्या भएको आठ दिन वितिसक्दा पनि घटनाको छानविन नभएको भन्दै यस विषयमा तत्काल छानविन गरी दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकार्षण गराएका हुन् ।

राज्यले नागरिकका न्युनतम हक अधिकारको प्रत्याभूति पनि दिन नसकेको  नेता भट्टराईको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077