Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रमाथि खनिए ओली, भने - बर्ता फुरफुर गने होइन, हिसाब किताब सुरु गर्न नपरोस् !

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको बताएका छन् ।

इलाम बजारमा आयोजित पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सम्वोधनका क्रममा ओलीले पूर्वराजपरिवारमाथि खनिएका हुन् ।

झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीले दाबी गरे ।

ओलीले आक्रोश पोख्दै भने, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

ओलीले यस्तो दाबी गरेपनि हिमानीको नामको ट्वीटर फेक भएको उनको सचिवालयले बताउँदै आएको छ ।

ओलीले प्रदेश १ को नाम कोशी नामकरण हुनु सही भएको पनि जिकिर गरे । सबैको साझा होस् भनेर कोशी प्रदेश नामकरण गरिएको उनको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077