Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शुक्रबार १० मिनेटको सफाइ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार १० मिनेटको अभियान सञ्चालन गर्न अनुरोध गरेको छ।

शुक्रबार बिहान साढे १० बजे सरकारी तथा सार्वजनिक कार्यालयमा १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

डेंगी संक्रमण नियन्त्रण तथा रोकथामको लागि यो अभियान चलाइएको मन्त्रालयले जनाएको छ। गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो।

यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने भएकाले यो अभियान चलाएको मन्त्रालयले जनाएको छ।

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077