Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घुस रकमसहित शाखा अधिकृत र कार्यालय सहयोगी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

बिहिबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहाल बताए ।

शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता दाहालले बताए ।

घुस लिएको रकमबाहेक स्रोत नखुलेको ३७ हजार ५३५ रूपैयाँ पनि शाखा अधिकृतको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077